शिखर इन्स्योरेन्सले हकप्रद निष्काशन गर्न तोक्यो बुकक्लोज मिति

0
Shares

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले हकप्रद सेयर निष्काशनका लागि सेयर दाखिल खारेजी मिति (बुकक्लोज) तोकेको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले हकप्रद सेयर निष्काशनका लागि माघ २१ गते शुक्रबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।

बुकक्लोज मिति अनुसार माघ २० गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र इन्स्योरेन्सको बिक्री गर्ने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रदमा आवेदन दिन पाउनेछन् ।

केही दिनअघि पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट इन्स्योरेन्सले १ बराबर ०.३ अनुपातमा ५२ हजार ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोही हकप्रद बिक्रीका लागि कम्पनीले बुकक्लोज तोकेको हो ।

शिखर इन्स्योरेन्सको हकप्रदले ‘इक्रा एनपी आइआर सिङ्गल ए’ क्रेडिट रेटिङ्ग पाएको छ । क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले इन्स्योरेन्सको हकप्रदलाई कम जोखिम जनाउने ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग प्रदान गरेको हो ।

शिखर इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्न एनआईबिएल एस क्यापिटलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

 शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २०७७ माघ ९ गते सम्पन्न पन्ध्रौं तथा सोह्रौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । इन्स्योरेन्स कम्पनीले २०७८ जेठ २५ गते बोर्डसँग चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको थियो ।

हाल शिखर इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । हकप्रद जारीपछि इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।

थप समाचारका लागि यसअघि प्रकाशित तलका लिङ्क:-

शिखर इन्स्योरेन्सद्धारा हकप्रद निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन

शिखर इन्स्योरेन्सको हकप्रद एनआईबिएल एस क्यापिटलले निष्काशन गर्ने

शिखर इन्स्योरेन्सको हकप्रदलाई ‘इक्रा एनपी आइआर सिङ्गल ए’ रेटिङ्ग

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।