बैंकहरुले बढाएको व्याजदर तत्काल फिर्ता गर्न इन्भेष्टर्स फोरमको माग


नेपाल इन्भेष्टर्स फोरमले बैंक तथा वित्तीय संस्थाले बढाएको व्याजदर तत्काल फिर्ता गर्न माग गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै फोरमले अत्याधिक मात्रामा बढाइएको व्याजदर यथाशिघ्र पुनरावलोकन गर्न अनुरोध गरेको हो ।

फोरमका अनुसार तरलताको संकट देखाउँदै सम्पूर्ण लगानीको क्षेत्रलाई असर गर्ने गरी आर्थिक समृद्धि अभियानलाई मुर्तरुप दिन आवश्यक पर्ने स्वदेशी पूँजी निर्माणको निर्विकल्प आधार पूँजीबजारमा समेत असर परेको भन्दै ब्याजदर पुनरावलोकन गर्न माग गरेको हो ।

पूँजीबजारको दिगो विकास र विस्तारले मात्र देशको अर्थतन्त्र, उद्योग, कलकारखाना, व्यापार विस्तार हुने भन्दै ब्याजदर बढ्दा सबै क्षेत्रमा असर पर्ने फोरमको बुझाई छ । पूँजीबजारको विकास र विस्तारको लागि सरोकारवाला पदाधिकारीहरू तथा निकायहरू अझ बढि गम्भीर हुन र यस्तो विषम परिस्थितिमा लगानीकर्ताहरू समेत संयम र धैर्यता भएर सुझबुझका साथ लगानी गर्न पनि फोरमले अनुरोध गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।