सिटिजन्स बैंकद्वारा नशा रहित समाज नेपाललाई आर्थिक सहयोग


सिटिजन्स बैंकले लागुऔषधको दुर्व्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुट्कारा गराउने काममा सक्रिय नशा रहित समाज नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत एक लाख एक हजार रुपैंया सहयोग प्रदान गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा एक कार्यक्रमका बीच बैंकले एक लाख एक हजार रुपैंयाको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको छ ।