चीनले सेयरबजार सापेक्ष नीति ल्याउने बताएपछि एसियाली बजारमा हरियाली

0
Shares

चिनियाँ उप–प्रधानमन्त्री लिउ हिले सेयरबजार सापेक्ष हुने नीति ल्याउने बताएपछि एसियाली सेयरबजारमा हरियाली छाएको छ ।

कोभिड–१९ संक्रमणका केसहरु फैलिरहेको अवस्थामा चीनले कोभिड विशेष आर्थिक स्टीमुलसका साथै सेयरबजार सापेक्ष रहेर नीति ल्याउने अभिव्यक्ति दिएपछि चीनको सेयरबजार उकालो लागेको हो ।

केही समयसम्म उच्च अस्थिरता देखाइरहेको चीनियाँ सेयरबजार बुधबार ३.५ प्रतिशतले बढेको छ । यसैगरी हङकङको हाङसेङ सूचांक ८ प्रतिशतले वृद्धि हुँदा पछिल्ला केही महिना यताकै उच्च भएको छ ।

एसिया–प्यासिफिक क्षेत्रको बृहत सूचांक एमएससीआई पनि ३ प्रतिशतले बढेको छ । जापानी सेयर सूचांक निकेइ पनि १.६ प्रतिशतले उकालो चढेको छ भने अस्ट्रेलियन सेयर र दक्षिण कोरियाली सेयर सूचांक पनि १.१ प्रतिशतले बढेको छ ।

चीनको आर्थिक वृद्धि दर सकरात्मक देखिएपनि कोभिड–१९ संक्रमण फैलिँदा मानिसहरु नीतिकर्ताहरुले कस्तो नीति ल्याउछन् भन्ने बारेमा उत्सुक रहेको चिनीयाँ तथ्याङ्क विभागका प्रवत्ताले बताएका छन् । यसैबीच उप–प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले मानिसहरुलाई थप आशावादी र उत्साही बनाएको टिङ लुको भनाई छ

विश्व सेयरबजार केही मात्रामा बढेपनि अमेरिकी केन्द्रिय बैंक फेडरल रिर्जभले औसत ब्याजदर वृद्धि गर्नको लागि आज बैठक बस्दै छ । रुस–युक्रेन शान्ति वार्ताका लागि अघि बढेपछि र वार्ता सकरात्मक गन्तब्यतर्फ लम्किएका कारण युरोपेली सेयर बजार पनि केही प्रतिशतले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।