विश्व बैंकद्धारा २ करोड ३० लाख डलर थप सहयोग प्रदान

0
Shares

विश्व बैंकले कोभिड–१९को समयमा रोजगारी गुमाएका मानिसहरुको जीवनस्तर उकास्न २ करोड ३० लाख डलर भन्दा बढी सहयोग गर्ने भएको छ ।

कोभिड–१९का कारण नेपालका ६४ हजार मानिसहरु बेरोजगार भएका छन् । विश्व बैंकले कोभिडको समयमा नेपाललाई १२ करोड डलर सहयोग सम्झौता गरेको थियो ।

यस सम्झौता अनुसार युवा रोजगारी रुपान्तरण पहल (यती) योजना अन्तर्गत ६४ हजार बेरोजगार युवाहरुलाई लक्षित गरी २ करोड ३० लाख डलर पुनः विनियोजन गरिएको हो ।

यसै सन्दर्भमा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेभोस भन्छन्, “हामीले नेपाल सरकारसँग कोभिड–१९ को समय देखि नै अर्थतन्त्रलाई पारदर्शी, समावेशी बनाउनको लागि सहयोग गरिरहेका छौं । पुनःविनियोजन गरिएको रकमले कोभिडको समयमा रोजगारी गुमाएका धेरै मानिसहरूलाई अस्थायी रोजगारी प्रदान गर्नेछ ।”

विश्व बैंकबाट सहयोग प्राप्त रकम प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कार्यान्वयन गरिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।