निर्वाचनमा मत हाल्न राजधानी छाड्नेको संख्या उल्लेख्य


निर्वाचनमा मत हाल्न जानका लागि काठमाडौंका मुख्य नाकाका यात्रु र सवारी साधनको लर्को लागेको छ ।

काठमाण्डौको कोटेश्वर–जडीबुटीसँगै नयाँ बसपार्क, कलंकी र बल्खुमा सवारी साधनको लामो लाइन लागेको छ । नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको संख्या धेरै रहेको छ ।

कतिपय व्यक्तिगत रुपमा र अधिकांश राजनीतिक दल र नेताले उपलब्ध गराएका गाडीमा भोट हाल्न गाउँ फर्केका छन ।

बुधबार एकैदिन ३ हजार ६ सय ६० यात्रुले काठमाण्डौ उपत्यका छोडेका छन् । बुधबारपनि कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो । चुनावका लागि एक हप्तायता ५ लाखको हाराहारीमा यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाण्डौमा २० देखि २५ प्रतिशतले सवारी साधनको संख्यामा कर्मी आएको छ । एक सातामा ६६ हजार ६ सय २५ सवारीसाधनमा ४ लाख ३५ हजार ६ सय १ यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने ५ हजार २ सय ५० सवारीसाधनमा ३ लाख १८ हजार ३ सय ४६ यात्रु उपत्यका भित्रिएको ट्राफिकको तथ्यांक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।