भारतको थोक मुद्रास्फीति सूचांक १७ वर्ष यताकै उच्च


भारतको थोक मुद्रास्फीति दर सन् २००५ यताकै उच्च विन्दुमा पुगेको छ ।

रुस युक्रेन युद्धका कारण इन्धन र कच्चा पदार्थको मूल्य वृद्धि तथा अमेरिकी केन्द्रीय बैंकले ब्याज दर बढाएपछि डलर बलियो र भारु कमजोर हुँदा भारतको थोक मुद्रास्फीति दर १७ वर्ष यताकै उच्च भएको हो ।

महंगीएको कच्चा पदार्थको कारण उत्पादन खर्चमा वृद्धि हुँदा अप्रिल महिनाको थोक मुद्रास्फीति दर १५.०८ प्रतिशतले वृद्धि भएको छ । पहिलेबाट नै उच्च रहेको इन्धनको मूल्य रुसले युक्रेनमा आक्रमण गरेपछि अझ आकाशिएको छ । अप्रिल महिनामा मात्रै इन्धनको मूल्य ३८.६६ प्रतिशतले बढेको छ । यसैगरी भारु ४ प्रतिशत भन्दा धेरैले अवमूल्यन भएको छ ।

यसैगरी थोक उत्पादन मूल्य १०.८५ प्रतिशतले बढेको छ । खाद्यान्नको मूल्य ८.८८ प्रतिशतले बढ्न पुगेको छ । थोक मुद्रास्फीति दर १३ महिना यता दुई अङ्कमा कायम भएसँगै यसलाई नियन्त्रण गर्नको लागि आगामी जुन महिनामा भारतीय रिजर्भ बैंकले ०.४ प्रतिशतले रिपो रेट बढाउने सम्भावना प्रबल हुँदै गएको इकरा कि प्रमुख अर्थशास्त्री अदिति नायरले बताएकी छिन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।