नेपाल इन्स्योरेन्सको साधारण सभा आह्वान, १३ करोड ६६ लाख रूपैयाँ बाेनस पारित गर्ने

0
Shares

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ले लाभांश सहितका अनय प्रस्तावहरु पारित गर्न जेठ ३० गते बिहान १० बजे साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौं ७३ औं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

७३ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७।६८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्तावित ११ प्रतिशत बराबरले हुन आउने १३ करोड ६६ लाख रुपैयाँ बराबरको बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५७८९ प्रतिशतले हुन आउने ७१ लाख ९२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी जारी पूँजी तथा चुक्ता पूँजी सम्बन्धि व्यवस्था संशोधन गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने दुई जना र सर्वसाधारण सेयरधनीबाट २ जना गरी कुल ४ जना सञ्चालकहरुको समेत निर्वाचन गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १७ गते मंगलबारदेखि ३० गतेसम्म सेयर दाखि खारेजी (बुकक्लोज) गर्ने भएको छ । बुकक्लोज अनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर करोबार भई कायम कम्पनीका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।