नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको सहयोगमा एनएमबि बैंकद्धारा चुल्हो वितरण


एनएमबि बैंकले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन नतिजामुखी लगानी परियोजना अन्तर्गत ५ हजार ७२८ थान सुधारिएको चुल्हो वितरण गरेको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनसँग बैंकले सहकार्य गरेर सुदुर पश्चिम र कर्णालीका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो ।

बैंकको लघुबित्त बिभागले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनसँग सहकार्य गरेर उक्त परियोजनामा काम गरिरहेको र अन्य बिभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको बैंकले जनाएको छ ।

परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमि ल्याउने, धुवां धुलोमा कमिको कारणले वायु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतर स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमी हुने विश्वास लिईएको छ ।

एनएमबि बैंकले ‘दि फिनान्सियल टाईम्स’ लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।