कामना सेवा विकास बैंकद्वारा डिजिटल बैंकिङ्ग प्रवर्द्धनका लागी सचेतना कार्यक्रम


कामना सेवा विकास बैंकले आफ्नो ग्राहकलाई डिजिटल बैंकिङ्ग सम्बन्धी जानकारी तथा यसको उचित प्रयोग सम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यले भर्चुअल माध्यमबाट सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले मासिक कार्यतालिका अनुसार यस्तो कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

कार्यक्रममा बैंकका कर्मचारीले विल भुक्तानी गर्ने, अनलाइन खाता खोल्ने, सामाजिक सञ्जाल मार्फत बैंकिङ्ग कारोबार गर्ने, अन्तर बैंकिङ्ग रकम ट्रान्सफर गर्ने जस्ता विभिन्न बैंकिङ्ग कारोबारहरु कसरी डिजिटल माध्यमद्वारा गर्न सकिन्छ भन्ने जानकारी गराउनुका साथै कसरी सुरक्षित डिजिटल कारोबार गर्ने भन्ने विषयमा जानकारीहरु प्रदान गरिएको थियो ।

बैंकले आफ्नो वित्तीय साक्षरता अन्तर्गत सो कार्यक्रम संचालन गरेको र आगामी दिनहरूमा पानी थप प्रभावकारी रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै जाने बताएको छन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।