भारतीय रिजर्व बैंकको सञ्चालकमा तीन उद्योगपति नियुक्त


भारत सरकारले ३ जना उद्योगीव्यवसायीका साथै एक जनापुर्व प्राध्यापकलाई केन्द्रीय बैंकको सञ्चालक नियुक्त गरेको छ ।

मंगलबार भारत सरकारले उद्येगीहरु आनन्द महिन्द्रा, वेणु श्रीनिवास र पंकज आर पटेललाई भारतीय रिजर्व बैंकको पार्ट टाइम गैर सरकारी सञ्चालकको रुपमा नियुक्त गरेको हो ।

साथै पुर्व प्राध्यापक रविन्द्र धोलकियालाई पनि भारत सरकारले रिजर्व बैंकको पार्ट टाइम गैर सरकारी सञ्चालक नियुक्त गरेको हो । १४ जुन २०२२ देखि लागू हुने गरि नियुक्त भएका पार्ट टाइम गैरसरकारी सञ्चालकहरुको पदावधि ४ वर्ष हुने भरतीय रिजर्व बैंकले जनाएको छ ।

भारतका शीर्ष उद्योगीका रुपमा पहिचान बनाएका आनन्द महिन्द्रा मल्टीनेशनल कम्पनी महिन्द्रा ग्रुपका अध्यक्ष हुन् । उनले सन् २०२० को जनवरीमा पद्म भुषण सम्मान पाएका थिए । उता आरबिआई सञ्चालक बनेका अर्का उद्योगी वेणु श्रीनिवासन टिभिएस मोटर्सका चेअरम्यान इमिरेट्स हुन् । सन् १९७९ मा स्थापित टिभिएस मोटर्सको सहायक कम्पनी सुन्दरम क्लाइटोनमा सोही वर्षदेखि श्रीनिवासले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।

औषधि उद्योगी पंकज आर पटेल जायडस लाइफ साइन्सका अध्यक्ष हुन् । यस अघि नै इनभेष्ट इण्डियाको सञ्चालक समिति सदस्य भईसकेका पटेल हाल भारतीय स्वास्थ्यमन्त्रालय अन्तरगतको नेशनल हेल्थमिशनमा स्टेयरिङ ग्रुपको सदस्यको समेत जिम्मेवारीमा छन् । यसका साथै उनी इण्डियन इस्टिच्युट अफ इण्डिया उदयपुरका सञ्चालक तथा सोसाइटी बोर्डको अध्यक्ष र इण्डियन इस्टिच्युट अफ इण्डियाअहमदावादको सञ्चालकका रुपमा कार्यरत छन् ।

इण्डियन इस्टिच्युट अफ इण्डिया अहमदावादकापुर्व प्राध्यापकरविन्द्र धोलकियाले आरविआईको मौद्रिकनीति कमिटीमा सदस्यको भूमिका निर्वाह गरिसकेका छन् ।

धोलकियालाई क्षेत्रीयआर्थिक विकास, आर्थिक नीतिकाविश्लेषक तथा अन्तर्राष्ट्रिय अर्थतन्त्रका विज्ञ र स्वास्थ्य अर्थशास्त्रीका रुपमा परिचित छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।