मुक्तिनाथ विकास बैंकले घोषणा गर्यो लाभांस


मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको कमाईबाट आफ्ना लगानीकर्तालाई बितरण गर्ने लाभांस प्रस्ताव गरेको छ । बैंक संचालक समितिको कात्तिक ७ गते बसेको बैठकले १८.५३ प्रतिशत लाभांश बितरण गर्ने घोषणा गरेको हो ।

केही समय अघि निष्काशित २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको हो ।
बैंकको प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारण सभाले पारित गरे पछि लगानीकर्तालाई बितरण गरिनेछ ।

३ अर्ब ६७ करोड ७७ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात चुक्ता पूँजी ४ अर्ब ३२ करोड ४९ रुपैयाँ हुनेछ ।