एनआईसी एशिया बैंकको कुल शाखा २८१ पुग्यो, एकै दिन खोल्योे ८ नयाँ शाखा

0
Shares

ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले एकै दिन ८ नयाँ शाखा संचालनमा ल्याएको छ । काठमाडौं उपत्यका भित्र तीन,काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नयाँ शाखा संचालनमा आएपछि बैंकको कुल शाखा २८१ पुगेको छ ।

काठमाडौंको सितापाईला शाखाको उद्घाटन नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायणप्रसाद भण्डारी र ललितपुरको भैसेपाटी शाखाको सोहि वडाका वडा अध्यक्ष पुरोषोतम खड्काले उद्घाटन गरेका हुन् ।

त्यस्तै, नुवाकोटस्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित र बेत्रावती बजार शाखाको सोहि वडाका वडा अध्यक्ष गणेशकुमार नेपालबाट उद्घाटन भएको हो । काभ्रे स्थित धुलिखेल शाखाको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जुले गरेका छन् ।

त्यसैगरी, पोखरास्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली रामपोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माले संयुक्त रुपमा गरेका हुन् । तथा पर्सा जिल्लाको भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष मनोजकुमारले उद्घाटन गरेका हुन् ।

बैंक सबैभन्दा बढी शाखा संचालन गर्नेमा पहिलो स्थानमा रहेको छ । हाल बैंकले २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि बढाएको छ ।