वित्तीय विवरण निकालेका ४६ मध्ये १३ हाइड्रोपावर कम्पनीको इपिएस मात्रै दोहोरो अंकमा

0
Shares

गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण प्रकाशन गरेका ४६ हाइड्रोपावर कम्पनीमध्ये १३ कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) मात्रै दोहोरो अंकमा रहेको छ । यस अवधिमा १८ हाइड्रोपावर कम्पनीको प्रतिसेयर आम्दानी ऋणात्मक रहेको छ भने २८ कम्पनीको इपिएस धनात्मक रहेको छ ।

गत आवको वित्तीय विवरण अनुसार रिडी र रैराङ्ग मर्जर भई बनेको रिडी पावरको इपिएस सबैभन्दा धेरै ४९.२१ रुपैयाँ पुगेकाे छ । रिडी र रैराङ हाइड्रोपावर मर्जर भई एकीकृत वित्तीय विवरण प्रकाशन गरेका कारण कम्पनीको इपिएसमा उच्च वृद्धि आएर सबैभन्दा माथि पुगेको हो ।

दोस्रो ठूलो इपिएस रहेको माउन्टेन इनर्जीको इपिएस ६१.३१.०५ रहेको छ भने रुरु जलविद्युतको २०.७५, साहस उर्जा २०.४३, सानिमा माई १७.४९, पाँचथर पावर १६.४३, अरुण काबेली १३.४३, बिन्धबासिनी हाइड्रोपावर १२.६१, कालिका पावर ११.७२, माउन्टेन हाइड्रो नेपाल ११.५८, चिलिमे हाइड्रोपावर ११.३७, ङादी ग्रुप पावर १०.७७ रुपैयाँ र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको इपिएस १०.३२ रुपैयाँ रहेको छ ।

अठार जलविद्युत कम्पनी नोक्सानीमा, कसले कति कमायो नाफा ?…

समीक्षा अवधिमा बुटवल पावर, राधी विद्युत, सिनर्जी पावर र अरुण भ्याली हाइड्रोपावरको इपिएस पाँच रुपैयाँभन्दा बढी दश रुपैयाँभन्दा कम छ । यस्तै मैलुङ्ग खोला, युनियन हाइड्रोपावर, अपि पावर, अपर सोलु हाइड्रोइलेक्ट्रिक, आँखुखोला, खानीखोला, युनाइटेड मोदी र बरुण हाइड्रोपावर कम्पनीको इपिएस एक रुपैयाँभन्दा बढी पाँच रुपैयाँभन्दा कम छ । न्यादी हाइड्रोपावर, युनिभर्सल पावर र दोर्दीखोला जलविद्युतको इपिएस धनात्मक भएपनि एक रुपैयाँभन्दा कम छ ।

Earning Per Share Of Hydropower Company (in RS)
Company FY 2078/79 FY 2077/78 Change
Ridi Power 49.21 12.44 36.77
Mountain Energy Nepal 31.05 4.34 26.71
RU Ru Jalavidhyut 20.75 17.70 3.05
Sahas Urja 20.43 22.50 -2.07
Sanima Mai 17.49 14.48 3.01
Panchthar Power 16.73 3.90 12.83
Arun Kabeli 13.45 18.27 -4.82
Bindhyabasini 12.61 9.68 2.93
Kalika Power 11.72 13.62 -1.90
Mountain Hydro 11.58 1.48 10.10
Chilime Hydropower 11.37 11.17 0.20
Ngadi Group 10.77 20.84 -10.07
Nepal Hydro Developers 10.32 7.03 3.29
Butwal Power 8.13 17.09 -8.96
Radhi Vidhyut 7.88 9.50 -1.62
Synergy Power 6.19 11.28 -5.09
Arun Valley 5.20 5.13 0.07
Mailung Khola 4.51 9.35 -4.84
Union Hydropower 4.00 1.01 2.99
Api Power 3.66 5.09 -1.43
Upper Solu Hydro Electric Company  3.24 4.21 -0.97
Ankhukhola 3.10 0.13 2.97
Khanikhola Hydropower 1.36 71.20 -69.84
United Modi 1.28 5.58 -4.30
Barun Hydropower 1.19 0.83 0.36
Nyadi Hydropower 0.91 -2.00 2.91
Universal Power 0.65 1.59 -0.94
Dordikhola 0.03 0.10 -0.07
Balephi Hydropower Limited -0.01 -0.28 0.27
Madhya Bhotekoshi -0.25 0.00 -0.25
Rasuwagadhi -0.85 -0.50 -0.35
National Hydropower -1.06 -1.60 0.54
Tehrathum Power -1.10 18.61 -19.71
River Falls Power -1.13 -2.36 1.23
Sanjen Jalvidhyut -1.21 -0.93 -0.28
Swet-Ganga Hydropower -1.70 -4.92 3.22
Himalayan Urja -1.87 0.03 -1.90
Panchakanya Mai -3.41 0.01 -3.42
Singati Hydro -3.63 0.00 -3.63
Ghalemdi Hydro -6.54 -3.13 -3.41
Dibyashwori -6.57 -11.49 4.92
Chhyangdi Hydropower -8.77 3.29 -12.06
Samling Power -14.49 17.91 -32.40
Upper Tamakoshi -17.69 -0.39 -17.30
Greenlife Hydropower

Himalayan Power Partner

१८ कम्पनीको इपिएस ऋणात्मक

गत आवमा वित्तीय विवरण सार्वजनिक गरेका ४६ मध्ये ३९ प्रतिशत अर्थात १८ कम्पनीको इपिएस ऋणात्मक छ । १६ कम्पनीले वित्तीय विवरणमा नै ऋणात्मक देखाएका छन् भने थप २ कम्पनीको विद्युत बिक्री आय नभएकाले नाफा नोक्सन हिसाब उल्लेख नगरेका कारण ती कम्पनीहरुको पनि इपिएस ऋणात्मक देखिन्छ ।

गत आवमा सबैभन्दा धेरै अपर तामाकोशीको १७.६९ रुपैयाँ ऋणात्मक छ । सामलिङ्ग पावर १४.४९ रुपैयाँ, छ्याङ्दी हाइड्रोपावर ८.७७, दिब्यश्वरी ६.५७ रुपैयाँ र घलेम्दी हाइड्रोपावरको इपिएस ६.५४ रुपैयाँले ऋणात्मक छ ।

४३ जलविद्युत कम्पनीले औषतमा साढे ११ प्रतिशतले बढाए चुक्ता पुँजी…

यस्तै सिंगटी हाइड्रोपावरको इपिएस ३.६३ रुपैयाँ, पन्चकन्या माई ३.४१, हिमालयन उर्जा विकास कम्पनी १.८७, स्वेतगंगा हाइड्रोपावर १.७०, सान्जेन जलविद्युत १.२१, रिभल फल्स १.१३, तेह्रथुम पावर १.१० रुपैयाँ नेशनल हाइड्रोपावरको इपिएस १.१० रुपैयाँ ऋणात्मक रहेको छ । रसुवागढी, मध्य भोटेकोशी र बलेफी हाइड्रोपावर कम्पनीको इपिएस एक रुपैयाँभन्दा कमले ऋणात्मक रहेको छ ।

Earning Per Share Of Hydropower Company (in RS)
Company FY 2078/79 FY 2077/78 Change
Upper Tamakoshi -17.69 -0.39 -17.30
Samling Power -14.49 17.91 -32.40
Chhyangdi Hydropower -8.77 3.29 -12.06
Dibyashwori -6.57 -11.49 4.92
Ghalemdi Hydro -6.54 -3.13 -3.41
Singati Hydro -3.63 0.00 -3.63
Panchakanya Mai -3.41 0.01 -3.42
Himalayan Urja -1.87 0.03 -1.90
Swet-Ganga Hydropower -1.70 -4.92 3.22
Sanjen Jalvidhyut -1.21 -0.93 -0.28
River Falls Power -1.13 -2.36 1.23
Tehrathum Power -1.10 18.61 -19.71
National Hydropower -1.06 -1.60 0.54
Rasuwagadhi -0.85 -0.50 -0.35
Madhya Bhotekoshi -0.25 0.00 -0.25
Balephi Hydropower Limited -0.01 -0.28 0.27
Greenlife Hydropower  –
Himalayan Power Partner  –

 

अघिल्लो वर्षभन्दा २५ कम्पनीको इपिएस घट्यो

गत आर्थिक वर्ष २०७८/७९ मा २५ हाइड्रोपावर कम्पनीको इपिएस अघिल्लो आर्थिक वर्ष २०७७/६८ को तुलनामा घटेको छ ।

समीक्षा अवधिमा खानीखोला हाइड्रोपावर कम्पनीको इपिइस अघिल्लो आवभन्दा सर्वाधिक बढी ६९.८४ रुपैयाँले घटेको छ । सामलिङ्ग पावरको इपिएस ३२.४० रुपैयाँ, तेह्रथुम पावर १९.७१, अपर तामाकोसी १७.३०, छ्याङ्दी हाइड्रोपावर १२.३० र ङादी ग्रुप पावरको इपिएस अघिल्लो आवको तुलनामा गत आवमा १०.०७ रुपैयाँले घटेको छ । बुटवल पावर ८.९६ रुपैयाँ, सिनर्जी पावर ५.०९, मैलुङ्ग खोला ४.८४, अरुण काबेली ४.८२ र युनाइटेड मोदीको इपिएस ४.३० रुपैयाँले घटेको छ ।

यस्तै अन्य इपिएस घट्ने कम्पनीहरुमा सिंगटी, पन्चकन्या माई, साहस उर्जा, हिमालयन उर्जा विकास कम्पनी, कालिका पावर, राधी विद्युत, अपि पावर, अपर सोलु, युनिभर्सल पावर, रसुवागढी हाइड्रोपावर, सान्जेन जलविद्युत, मध्य भोटेकोशी र दोर्दीखोला जलविद्युत कम्पनीको इपिएस पनि एक देखि चार रुपैयाँसम्म घटेको छ ।

निर्माणाधिन अवस्थामा रहेका ग्रीन लाइफ हाइड्रोपावर र हिमालयन पावर पार्टनर लिमिटेडले नाफा नोक्सान हिसाब वित्तीय विवरणमा उल्लेख नगरेका कारण यहाँ उल्लेख गरिएको छैन ।

Earning Per Share Of Hydropower Company (in RS)
Company FY 2078/79 FY 2077/78 Diffrence
Khanikhola Hydropower 1.36 71.20 -69.84
Samling Power -14.49 17.91 -32.40
Tehrathum Power -1.10 18.61 -19.71
Upper Tamakoshi -17.69 -0.39 -17.30
Chhyangdi Hydropower -8.77 3.29 -12.06
Ngadi Group 10.77 20.84 -10.07
Butwal Power 8.13 17.09 -8.96
Synergy Power 6.19 11.28 -5.09
Mailung Khola 4.51 9.35 -4.84
Arun Kabeli 13.45 18.27 -4.82
United Modi 1.28 5.58 -4.30
Singati Hydro -3.63   -3.63
Panchakanya Mai -3.41 0.01 -3.42
Ghalemdi Hydro -6.54 -3.13 -3.41
Sahas Urja 20.43 22.50 -2.07
Himalayan Urja -1.87 0.03 -1.90
Kalika Power 11.72 13.62 -1.90
Radhi Vidhyut 7.88 9.50 -1.62
Api Power 3.66 5.09 -1.43
Upper Solu Hydro Electric Company  3.24 4.21 -0.97
Universal Power 0.65 1.59 -0.94
Rasuwagadhi -0.85 -0.50 -0.35
Sanjen Jalvidhyut -1.21 -0.93 -0.28
Madhya Bhotekoshi -0.25 0.00 -0.25
Dordikhola 0.03 0.10 -0.07

 

१९ हाइड्रोपावर कम्पनीको इपिएस बढ्यो, रिडीको उच्च वृद्धि

गत आवमा वित्तीय विवरण सार्वजनिक गरेका ४६ मध्ये १९ कम्पनीको इपिएस बढेको छ । जसिमध्ये सबैभन्दा शीर्ष स्थानमा रिडी हाइड्रोपावर कम्पनी रहेको छ । रिडीले गत आवमा अघिल्लो आवको तुलनामा ३६.७७ रुपैयाँ इपिएस बढाएर ४९.२१ रुपैयाँ कायम गरेको हो ।

यसैगरी माउन्टेन इनर्जी लिमिटेडले गत आवमा २६.७१ रुपैयाँ, पाँचथर पावर १२.८३, माउन्टेन हाइड्रो १०.१०, दिब्यश्वरी हाइड्रोपावर ४.९२, नेपाल हाइड्रो डेभलोपर ३.२९, स्वेतगंगा हाइड्रोपावर ३.२२, रुरु जलविद्युत ३.०५ र सानिमा माई हाइड्रोपावरको इपिएस ३४.०१ रुपैयाँले सुधारिएको छ ।

यस्तै युनियन, आँखुखोला, विन्धबासिनी र न्यादी हाइड्रोपावरको इपिइस २ रुपैयाँभन्दा बढीले सुधार भएको छ । रिभर फल्स पावरको इपिएस अघिल्लो आवको तुलनामा १.२३ रुपैयाँले सुधार हुँदा नेशनल हाइड्रोपावर, बरुण, बलेफी, चिलिमे, अरुण भ्याली हाइड्रोपावरको इपिएस एक रुपैयाँभन्दा कम मात्र सुधार भएको छ ।

Earning Per Share Of Hydropower Company (in RS)
Company FY 2078/79 FY 2077/78 Diffrence
Ridi Power 49.21 12.44 36.77
Mountain Energy Nepal 31.05 4.34 26.71
Panchthar Power 16.73 3.90 12.83
Mountain Hydro 11.58 1.48 10.10
Dibyashwori -6.57 -11.49 4.92
Nepal Hydro Developers 10.32 7.03 3.29
Swet-Ganga Hydropower -1.70 -4.92 3.22
RU Ru Jalavidhyut 20.75 17.70 3.05
Sanima Mai 17.49 14.48 3.01
Union Hydropower 4.00 1.01 2.99
Ankhukhola 3.10 0.13 2.97
Bindhyabasini 12.61 9.68 2.93
Nyadi Hydropower 0.91 -2.00 2.91
River Falls Power -1.13 -2.36 1.23
National Hydropower -1.06 -1.60 0.54
Barun Hydropower 1.19 0.83 0.36
Balephi Hydropower Limited -0.01 -0.28 0.27
Chilime Hydropower 11.37 11.17 0.20
Arun Valley 5.20 5.13 0.07

 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ भाद्र २०७९, बिहिबार  १७ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।