सिद्धार्थ बैंकले एकै पटक बिस्तार गर्यो चार वटा शाखा


सिद्घार्थ बैंकले काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा मार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पु¥याउने उद्देश्य लिएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त शाखा विस्तार पश्चात्४ वटा एक्स्टेन्सन काउण्टर सहित सिद्घार्थ बैंकको शाखा सञ्जाल संख्या १७१ पुगेको छ । यसका साथै बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १८७ वटा एटीएम र १ हजार ६०० भन्दा बढी पस मेशिनबाट बैंकिगं सेवा प्रदान गर्दै आएको छ । बैंकले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा समेत प्रदान गर्दै आएको छ ।

बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख रुपैंया छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन र ११३ अर्ब कर्जा लगानी गरेको छ ।