सप्तकोशीमा गाभिन लागेको काबेली विकास बैंकले देखायो आशलाग्दो प्रगति

0
Shares

काबेली विकास बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा आफ्नो खुद नाफामा उल्लेख्य सुधार गरेको छ । गत बर्षको यसै अववधिको तुलनामा ९५ लाख रुपैयाँले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा २ करोड १२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष १ करोड १६ लाख नाफा गरेको थियो ।
२८ करोड ४२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले ५ करोड १९ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ । यस अवधिमा बैंकले ८२ करोड निक्षेप संकलन गरी ८० करोड कर्जा प्रवहा गरेको छ ।

बैंकको खराब कर्जा अनुपातमा २.८९ प्रतिशत, प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९४ पैसा र प्रति शेयर नेटवर्थ ११८ रुपैयाँ २८ पैसा छ ।
काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरको प्रक्रियामा रहेका छन् ।नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको इजाजत प्राप्त सप्तकोशी डेभलपमेन्ट बैंक र काबेली विकास बैंकबीच १ः१ रेसियो अनुपातमा एकअर्कामा गाभिने सहमति भएको छ । वि.सं २०७६ साउन १ गतेबाट संयुक्त कारोबार गर्ने लक्ष्यसहित दुबै बैंकबीच मर्जर हुने सहमति भएको हो ।