विद्युतीय सवारी साधनको प्रदर्शनीमा वातावरण मन्त्रालयले सहयोग गरेन : नाडा


वायु प्रदुषण नियन्त्रमा महत्वपुर्ण भूमिका खेल्ने विद्युतीय सवारी साधनहरुको प्रदर्शनीलाई वन तथा वातावरण मन्त्रालयले सहयोग नगरेको नाडाले जनाएको छ ।

राजधानीमा प्रदर्शनीका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले वातावरण प्रदुषण नियन्त्रणमा भुीमका खेल्ने लक्ष्य सहित आयोजना गरिएको एक्स्पोलाई मन्त्रालयले सहयोग नगरेको गुनासो गरेका हुन् ।

“विद्युतीय सवारी साधानको प्रयोग बढाउनु नै वातावरण मैत्री भएर हो । विश्व जलवायू परिवर्तनको चपेटामा परिरहेको समयमा नेपालमा पहिलो पटक विद्युतीय सवारीको प्रदर्शनी हुँदा वातावरण मन्त्रालयले पुर्ण सहयोग गर्नु पर्नेमा चासो नै नदिँदा आश्चर्य लागेको छ,” पत्रकार सम्मेलनमा अध्यक्ष थापाले भने ।

सार्वजनिक यातायातका सवारी साधनमा सरकारले लगानी गर्न नचाहेको बताएका उनले निजी क्षेत्रलाई पनि लगानी गर्न नदिने योजनामा मन्त्रालय अग्रसर भएको आरोप थापाले लगाए । वातावरण सुधारको क्षेत्रमा कोशेढुङ्गा सावित हुने विद्युतीय सवारी साधनमा सरकारले चासो नदिइ यूरो ६ लागु गर्न जोडबल गरिरहेको उनको आरोप थियो ।

“कुनै काम गर्नु पहिले अध्ययन गर्नु पर्ने भए पनि त्यसो नगरी वातावरमन्त्री एकोरो रुपमा युरो ६ लागू गर्न खोजिरहनु भएको छ । यस्तो गर्दा कमर्शियल भेहिकलमा अहिलेकोभन्दा ३० प्रतिशत धेरै रकम बाहिरिन्छ भन्ने कुरामा उहाँलाई जानकारी नभएको हो वा जानेर त्यस्तै अवस्था निम्त्याउन खोज्नु भएको हो बुझ्न सकिएन,” थापाले भने ।

यूरो ६ मापदण्डका लागि वर्कसप, मेकानिक्स, उच्च गुणस्तरको पेट्रोलियम पदार्थको आयात र सवारी परिक्षण गर्ने प्रविधिको विकास हुन नसकेको अवस्थामा मापदण्ड लागू गर्नै नसकिने थापाको भनाई थियो ।

आगामी असोज ६ देखि ९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा नाडाको आयोजनामा नेपालमा पहिलो पटक इभी एक्स्पो आयोजना हुँदैछ ।

असोज ६ देखि भृकुटीमण्डपमा विद्युतीय सवारी साधनको भव्य प्रदर्शनी

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।