एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) को सेयर मूल्य आइतबार समायोजन भएको छ ।

इन्स्योरेन्सले प्रस्ताव गरेको चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस सेयरको बुकक्लोजसँगै नेप्सेले आइतबार बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो ।

नेप्सेले बोनस समायोजनपछि एशियन लाइफको प्रतिसेयर मूल्य ४७१.६२ रुपैयाँ तोकेको छ । आइतबार ५४० रुपैयाँमा कम्पनीके अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यमा बोनस समायोजन गरिएको हो ।

मूल्य समायोजनसँगै अब कम्पनीको सेयर दोस्रो बजारमा समायोजित मूल्यलाइ आधार मानेर खुला हुनेछ । आइतबारपछि इन्स्योरेन्सको सेयर किन्नेहरु अघिल्लो वर्ष २०७७।७८ बाट प्रस्तावित लाभांश पाउनेछैनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।