सशस्त्र प्रहरीले ७९ इन्स्पेक्टर र ८३ असई भर्नाका लागि आवेदन खोल्यो

0
Shares

सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले ७९ प्रहरी निरीक्षक (इन्स्पेक्टर) र ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक ९असई० का लागि भर्ना आवेदन खुल्ला गरेको छ ।

प्रहरीको मानव श्रोत विभाग , मानव श्रोत निर्देशनालय भर्ना तथा छनौट शाखा स्वयम्भूले शुक्रवार सूचना प्रकाशित गर्दै नयाँ भर्ना सम्बन्धी आवेदन माग गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह , साधारण उपसमूह र कानुन उपसमूह तर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका गर्न आवेदन माग गरेको जनाएको छ । प्रहरीले कात्तिक ६ गतेसम्म आवेदन फारम भर्ने समय तोकेको छ ।

माग गरिएका मध्ये सशस्त्र प्रहरी निरीक्षक साधारण उपसमूह ७१ जना र कानुन उपसमूहमा ८ जना गरी ७९ जना रहेको छ भने सशस्त्र प्रहरी सहायक निरीक्षक साधारण उपसमूह ८३ जना रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।