विजय लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमास


विजय लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ७० लाख ३३ हजार रुपैंया खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १ करोड ५४ लाख ४१ हजार रुपैंया खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको यसै समयमा १७ करोड ७१ लाख रुपैंया रहेको चुक्ता पूँजीलाई लघुवित्तले अहिले १९ करोड ४८ लाख १० हजार रुपैंया पुर्याएको छ ।

प्रतिशेयर आम्दानी २५ रुपैंया ३५ पैसा रहेको लघुवित्तको जगेडा कोषमा ६ करोड रुपैंया छ । मूल्य आम्दानी अनुपात २५.२९ गूणाले बढी रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १३० रुपैंया ८३ पैसा छ । लघुवित्तको निष्कृय कर्जा अनुपात २.५४ प्रतिशत छ ।