रिलायबल लाइफ इन्स्योरेसको साधारण सभा कात्तिक ६ गते, ३० प्रतिशत साधारण सेयर निष्काशन गर्ने


रिलायबल नेपाल लाइफ इन्स्योरेसले पाँचौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित कात्तिक ६ गते आइतबार सभा बोलाएको हो ।

कम्पनीको सञ्चालक समिति बैठकले जारी पुँजीको ३० प्रतिशत सेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रस्ताव सहित अन्य प्रस्तावहरु राखेर सभा बोलाएको छ । साधारण सभा लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

सभामा सञ्चालक नियुक्ति अनुमोदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डाहरुमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।