प्राइम लाइफ इन्स्योरेन्सले ३८ करोड ३ लाख रुपैयाँ लाभांश बाँड्ने

0
Shares

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई ३८ करोड ३ लाख ६८ हजार रुपैयाँ ४४७ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२ प्रतिशतले हुन आउने १ करोड ९० लाख १८ हजार ४२२ रूपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तवित उक्त लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

हाल २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रस्तथावित बोनस सेयर वितरणपछि चुक्ता पुँजी ३ अर्ब १४ करोड ९ लाख ६५ हजार ६०२ रुपैयाँ पुग्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १५.८७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तो छ कम्पनीले वितरण गरेको लाभांश इतिहासः–

Prime Life Insurance Company Limited ( PLIC )
S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2077/2078 13.00 0.68 13.68
2 2076/2077 15.00 0.87 15.87
3 2075/2076 7.00 8.00 15.00
4 2074/2075 12.50 0.00 12.50
5 2074/2075 12.50 0.00 12.50
6 2073/2074 12.50 0.66 13.16
7 2073/2074 12.50 0.00 12.50
8 2072/2073 25.00 0.00 25.00
9 2068/2069 13.00 0.00 13.00
10 2067/2068 20.00 1.05 21.05

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।