युनाइटेड इन्स्योरेन्सद्धारा पुरानो लाभांश संकलन गर्न आग्रह

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई पुराना लाभांश संकलन गर्न आग्रह गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै विभिन्न आर्थिक वर्षमा सेयरधनीहरुलाई वितरण गरेको नगद लाभांश संकलन नगरेका लगानीकर्तालाई लिन आग्रह गरेको हो ।

कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्साल, काठमाडौंमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गरेर लगानीकर्ताले नगद लाभांश बुझ्नसक्ने कम्पनीले जनाएको छ ।

तोकिएको समयभित्र लाभांश संकलन नगरेको खण्डमा भने उक्त नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने सूचनामा उल्लेख छ । कम्पनी ऐन २०६३ को दफा १८३ बमोजिम पाँचवर्षभन्दा पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गनुपर्ने व्यवस्था छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।