बैंक अफ काठमाण्डूले निर्धारण गर्यो ग्लोबल आईएमईसँग मर्जरका लागि सेयर स्वाप रेशियो


मर्जर प्रकृयामा रहेका ग्लोबल आईएमई र बैंक अफ काठमाण्डूले मर्जर प्रकृयालाई तिब्रता दिएका छन् । दुवै बैंकले मर्जर प्रयोजनका लागि डीडीए सम्पन्न गरी सेयर आदान प्रदान अनुपात निक्र्यौल गर्न थालेका छन् ।

बैंक अफ काठमाण्डूले आफ्नो तर्फबाट सेयर स्वाप अनुपात निर्धारण गर्ने प्रस्ताव सञ्चालक समितिबाट पारित गराएको छ ।

बैंक अफ काठमाण्डूका अनुसार बैंक सञ्चालक समितिको कात्तिक २४ गतेको बैठकले मुल्याङकनकर्ताले तयार पारेको सक्पत्ती, दायित्व तथा कारोबार मूल्याङ्कन र अन्य मूल्याङकनको सिफरिसका आधारमा सेयर आदानप्रदान अनुपात १ बराबर १ कायम गर्ने निर्णय भएको हो ।

यस अनुसार दुई बैंकको मर्जर पछि बन्ने बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड पुग्नेछ । मर्जरपछि कायम हुने बैंकको चुक्ता पुँजी हालसम्मकै उच्च हो ।

गत असार २ गते २ बैंकका बिचमा मर्जर सम्झौता भएको थियो । नेपाल राष्ट्र बैंकले असार १६ गते नै दुवै बैंकलाई मर्जरमा जानका लागि शैद्धान्तिक सहमति दिएको थियो ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूबीच मर्जर सम्झौता

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।