मेरो माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी ५४ बाट ८ रुपैयाँमा झर्यो


मेरो माइक्रोफाइनान्सको खुद नाफामा भारी गिरावट आएसँगै प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्तको प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ५५ पैसा रहेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आईपुग्दा ८ रुपैयाँ ५३ पैसामा झरेको हो ।

माइक्रमेफाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्तले १६ करोड ३६ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफामा आएको भारी गिरावटसँगै लघुवित्तको प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको हो । खुद व्याज आम्दानी, खुद शुल्क आम्दानी जस्ता सूचकमा गिरावट आएको लघुवित्तको इम्पेरिमेण्ट चार्ज वापतको रकम ४२ लाखबाट ३ करोड ३ करोड ७४ लाख पुगेसँगै खुद नाफा प्रभावित भएको हो ।

खुद नाफाबाट विभिन्न शिर्षकमा नियामकीय जगेडा कायम गराउँदा लघुवित्तले १ करोड १९ लाख ७३ हजार रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ ।

३८ करोड २२ लाख रुपैयाँको सञ्चालन आम्दानी घटेर १९ करोड ७३ लाखमा झरेको लघुवित्तको सञ्चालन खर्च १४ करोड ८४ लाखबाट बढेर १६ करोड २८ लाख रुपैयाँ पुगेको छ ।

१ अर्ब २० करोड रुपैयाँको चुक्ता पुँजीमा संसोधन नभएको लघुवित्तको जगेडा कोषको आकार ४७ करोड ७५ लाखबाट ४९ करोड ३९ लाख रुपैयाँमा उक्लिएको छ ।

लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा तथा मूल्य आम्दानी अनुपात ८९.११ गूणाले बढी छ ।

४.८९ प्रतिशत निष्कृय कर्जा अनुपात रहेको लघुवित्तको आधार दर १३.३७ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।