नेशनल लाइफको नाफा पौने १२ करोड, बीमाशुल्क ४ अर्ब १८ करोड माथि

0
Shares

नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९।८० को अपरिष्कृत वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा ११ करोड ७१ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा बीमांकिय मूल्यांकन अघिको हो ।

चालु आवको पहिलो तीन महिनामा विभिन्न शीर्षहरुबाट १६ करोड ९३ लाख ६३ हजार रुपैयाँ आम्दानी गरेकोमा समग्रमा ५ करोड २२ लाख ५४ हजार रुपैयाँ खर्च गरेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ६७ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ३५.०१ प्रतिशतले बढेको हो ।

यस्तै कम्पनीले असोज मसान्तसम्ममा खुद बीमाशुल्कमा पनि २१.२५ प्रतिशतको बढोत्तरी गरेको छ । गत आवको प्रथम त्रैमासमा ३ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेकोमा हाल ४ अर्ब १८ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । कम्पनीको खुद दाबी भुक्तानी २ अर्ब ११ करोड ९९ लाख ५६ हजार छ ।

पहिलो त्रैमासमा कम्पनीले पुनर्बीमा कमिशन बापत १ करोड २५ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ८८ करोड २५ लाख रुपैयाँ र बीमालेख धितोमा ८ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ कर्जा लगानी गरी १७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ११.६१ रुपैयाँ पुगेको छ । यस अवधिमा प्रतिसेयर नेटवर्थ १२८.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.६८ गुणा र छ । कम्पनीको चुक्ता पुँजी १९ प्रतिशत बढेर ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार रुपैयाँ पुग्दा जगेडा कोषको आकार साढे १९ प्रतिशत घटेर ७७ करोड २५ लाख ७२ हजारमा खुम्चिएको छ ।

असोज मसान्तसम्म कम्पनीको जीवन बीमा कोषको आकार १९.७८ प्रतिशत बढेर ५३ अर्ब ७७ करोड ६ लाख रुपैयाँ र महाविपत्ती कोष १७.७७ प्रतिशत वृद्धि भई ३६ करोड १० लाख रुपैयाँ सञ्चित छ । कम्पनीले हालसम्म कुल १६ लाख ६९ हजार ६२८ वटा बीमालेख जारी गरेर असोजसम्म कुल बीमाशुल्क ४ अर्ब ३८ करोड २ लाख रुपैयाँ संकलन गरेको छ ।

असोजसम्म कम्पनीले १३ हजार ३३१ वटा दाबी वापत २ अर्ब १४ करोड ९० लाख ३ हजार रुपयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अब ७४ करोड ८३ लाख ५५ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत आवको सोही अवधिमा नेशनल लाइफले ९ हजार २२१ वटा दाबी वापत १ अर्ब ४४ करोड ४१ लाख ७३ हजार रुपयाँ दाबी भुक्तानी गरेको थियो । सो समयमा कम्पनीले ६३ करोड ८ लाख ६३ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।