सपोर्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो बोनस


सपोर्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्त सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले १०  प्रतिशत बोनस शेयर तथा ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएसँगै लगानीकर्ताले पाउने छन् ।

अहिले लघुवित्तको चुक्ता पूँजी ६ करोड रुपैंया छ । १० प्रतिशत बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी ६ करोड ६० लाख रुपैंया पुग्नेछ ।

लभांस प्रस्ताव भएपछि दोस्रो बजारमा शेयर कारोबार हुन सकेको छैन । खरिदकर्ता धेरै देखिएको बजारमा १० कित्ता शेयर मात्र बिक्रीमा छ । बिहीबार लघुवित्तको प्रतिकित्ता शेयर अन्तिम पटक ४०४ रुपैंयामा किनबेच भएको थियो ।