एन आई सी एशियाको ५ नयाँ शाखा र एउटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा


एन आई सी एशिया बैंकले काठमाडौं उपत्यकामा एकै पटक ४ वटा शाखा बिस्तार गरेको छ । सोही समयमा रौतहटमा एक गरी कुल ५ शाखा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । एक स्थानमा शाखारहित बैंकिङ्ग सेवाको पनि एकै पटक उद्घाटन गरिएको छ ।

काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद माननीय नारायण सिलवालले उद्घाटन गरेका छन् । नार्गजुन नगरपालिका वडा नं. ३ ठुलो भ¥याङ्ग शाखाको बंैकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलले उद्घाटन गरेका छन् । नार्गजुन नगरपालिका वडा नं. ६, रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीले औपचारिक सुरुवात गरेका छन् । चाबहिल शाखाको काठमाण्डौं महानगरपालिका ७ का वडा अध्यक्ष शुद्ध कुमार डंगोलले शाखाको सुरुवात गरेका हुन् ।

रौतहत जिल्लाको गुजरा नगरपालिका वडा नं. ९ मा सञ्चालनमा आएको नयाँ शाखाको गुजरा नगरपालिकाका उपप्रमुख रौसन खाँतुनले औपचारिक सुरुवात गराएकी छन् । रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४, गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा पनि आइतबारदेखि नै सुरु भएको बैंकले जनाएको छ ।