पोषकराज पौडेलको अध्यक्षतामा जीवन बीमक संघको नयाँ कार्यसमिति

0
Shares

पोषकराज पौडेलको अध्यक्षतामा ६ सदस्यीय जीवन बीमक संघको नयाँ कार्यसमिति गठन भएको छ ।

शुक्रबार बसेको साधारण सभाले सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पोषकराज पौडेललाई संघको नयाँ अध्यक्षमा चयन गरेको हो ।

नयाँ कार्यसमितिमा नेपाल लाइफ इन्स्योरेन्सका सीइओ प्रवीण रमण पराजुली उपाध्यक्ष, ज्योती लाइफका सीइओ प्रकाश विक्रम खत्री महासचिव र एशियन लाइफका सीइओ दिनेश लाल श्रेष्ठ कोषध्यक्ष चयन भएका छन् ।

संघको कार्य समिति सदस्यहरूमा एलआईसी नेपालका सीईओ एलपी दास, रिलायबल नेपाल लाइफका नारायण बाबु लोहनी, आइएमई लाइफका कवि फुयाँल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।