नेप्सेमा ३६ लाख ८२ हजार कित्ता बोनस सेयर सूचीकृत

0
Shares

एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको कुल ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत गराएको हो ।

एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ बाट चुक्ता पुँजीको १४.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सोमबार सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको उक्त बोनस बुकक्लोज मितिसम्म कायम सम्बन्धित सेयरधनीहरुले आफ्नो डिम्याट खातामा आएपछि नेप्से मार्फत खरिद बिक्री गर्न सक्नेछन् ।

असोज गते बिहीबार सम्पन्न कम्पनीको १४ औं वार्षिक साधारण सभाले सो बोनस पारित गरेको थियो । साधारण सभाका लागि कम्पनीले असोज ४ गते बुकक्लोज गरेको थियो । सोअनुसार असोज ३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका लगानीकर्ताले मात्र बोनस पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।