प्राइममा विलय भएको कन्काई विकास बैंकको शेयर नेप्सेमा ‘प्राइम’ नामबाट सूचीकृत


कन्काई विकास बैंकको शेयर प्राइम बैंकको नाममा नेप्सेमा सूचीकृत भएको छ । प्राइम बैंकको ३६ लाख ८२ हजार २५० कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।
अब सोमबारदेखि कन्काईको शेयर प्राइमको नामबाट नेप्सेमा कारोबार हुनेछ ।

उता प्राइमले कैलाश विकास बैंकलाई समेत प्राप्ति गर्ने सम्झौता गरिसकेको छ । दुवै बैंकले साधारण सभाबाट विलय प्रकृयालाई अन्तिम रुप दिए पछि मात्र विलय प्रकृया अघि बढ्नेछ ।
प्राइम र कैलाशले अलग अलग साधाण सभा बोलाउने भएकाले दुवै बैंकले अलग अलग रुपमा बोनस तथा नगद लाभांस बितरण गर्ने प्रस्ताव गर्नेछन् ।