बैंकहरूको निक्षेप ११ अर्बले बढ्यो, कर्जा निक्षेप अनुपात ८६.७६ प्रतिशत


मंसिर महिनाको दोस्रो सातामा वाणिज्य बैंकहरूमा ११ अर्ब निक्षेप थपिएको छ । यो अवधिमा बैंकहरूको कर्जा विस्तार भने एक अर्बमा सीमित रहेको छ ।

बैंकहरूमा निक्षेप थपिने र कर्जा प्रवाहमा सुस्तता आएपछि कर्जा निक्षेप अनुपात पनि ८६.७६ प्रतिशतमा झरेको छ । नेपाल बैङ्कर्स संघको तथ्यांक अनुसार बैंकहरुले मंसिर ९ गते देखि १६ गतेसम्ममा ११ अर्ब निक्षेप थपेर १ अर्ब कर्जा प्रबाह गरेका हुन । 

मंसिर १६ गतेसम्म कुल ४५ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले ४२ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । निक्षेपमा सुधार आए पनि यसअवधिमा कर्जा प्रवाह भने घटेको छ ।

पछिल्लो समयमा ब्याजदर बढेपछि बैंकहरुको कर्जाको माग कमी भएको छ ।

कर्जाको माग भएपनि बैंकहरुले जोखिम लिन नचाहेकैले पनि कर्जा लगानी बढ्न नसकेको हो । त्यसका साथै बैंकहरुसंग कर्जा लगानी योग्य रकम करिब १७० अर्ब देखिन आएको भएपनि त्यो दीर्घकालिक होइन ।

डिबेञ्चर र स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाउने अवधि छोटो भएकाले पनि बैंकहरूले कर्जा लगानीमा जोड नदिएका हुन । 

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।