मुक्तिनाथ विकास वैंकको “क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना”


मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ जीवन बरदान योजना’’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु सञ्चालनमा आएका हुन् ।

यस योजना अन्तर्गत ग्राहकले १० हजार रुपैंयाको न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

साथै, २० हजार रुपैंया न्युनतम मौन्दातमा ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा ) उपलब्ध हुनेछ ।

यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज, निः शुल्क आश्वा सेवा, निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क भिसा डेविट कार्ड र मुलुकभरका भिसा नेटवर्कका ३ हजार एटीएमबाट निः शुल्क रकम झिक्न मिल्ने व्यवस्था बैंकले गरेको छ ।

यो बचत खाता खोल्ने ग्राहकले किराना अनलाइन स्टोरसँग सहकार्य गरी ५०० रुपैंया बराबरको किनमेलको भौचर उपलब्ध गराउने बैंकले जनाएको छ । हाल यो सेवा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुनेछ ।