वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै रकम असुली गर्ने सूर्य कर्पोरेशनलाई वैदेशिक रोजगार विभागले १५ लाख रुपैयाँ जरिवाना गरेको छ ।
विभागले कन्सल्टेन्सीका सञ्चालकलाई विभागमा हाजिरी गराइ आइतबार जरिवाना सहितको सो रकम भुक्तानी गर्न लगाइएको जनाएको छ ।
कन्सल्टेन्सीले जापान पठाइने दिने भन्दै विगत तीन बर्ष देखि पिडितबाट रकम तथा पासपोर्ट जफत गरि राखेको थियो । पिडितको उजुरीको आधारमा विभागले गत शुक्रबार कन्सल्टेन्सीमा छापा मारेको हो ।
छापा मार्दा जापान, अमेरिका, बेलायत, क्यानाडा लगायतका मुलुक पठाइदिने भन्दै ८० वटा भन्दा बढी पासपोर्ट संकलन गरी राखेको पाइएको विभागले जनाएको छ । विभागले कन्सल्टेन्सीबाट विभिन्न कागजपत्र बरामद गरेको थियो । अनुसन्धान पछि विभागले कन्सल्टेन्सी सञ्चालकलाई बोलाएर जरिवाना असुल उपर गरेको थियो ।
विभागबाट अनुमति पत्र नलिइ वैदेशिक रोजगारी नपठाउन सबै निकायलाई आग्रह गरेको छ । वैदेशिक रोजगार ऐन बमोजिम विभागको अनुमति बिना वैदेशिक रोजगारीबाट पठाएमा जरिवाना सहित सात बर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । त्यस्तै, सम्बन्धित व्यक्तिबाट असुल गरेको रकमको दोब्बर भुक्तानी समेत गर्नुपर्ने व्यवस्था छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया