लाभांसका विषयमा अन्यौलमा नरहन ग्लोबल आईएमई लघुवित्तको आग्रह


ग्लोबल आईएमई लघुवित्तले प्रस्ताव गरेको लाभांस तथा शेयर मूल्य समायोजनका विषयमा अन्यौलमा नपर्न ग्लोबल आईएमई लघुवित्तले शेयरधनीहरुलाई आग्रह गरेको छ ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले लाभांस प्रस्ताव गर्दा आर्थिक वर्ष २०७५/०७६ को चुक्ता पूँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैंयाको ३५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रष्ट विबरण खुलाइएको नोटबजारलाई बताए ।

नोटबजारसँग कुरा गर्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत कुँवरले भने ‘हामीले अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गरिसकेको अवस्थामा सबै शेयरधनीलाई लाभांस बितरण गर्ने प्रस्ताव गरिएको हो । बजारमा चलाइएको गलत हल्लाको पछि नलाग्न शेयरधनी तथा समस्त लगानीकर्ताहरुमा लघुवित्त हार्दिक अनुरोध गर्दछ ।’

धितोपत्र बोर्डले कम्पनीहरुलाई निष्काशन भैसकेको शेयरलाई लाभांसबाट बञ्चित नगराउने व्यवस्था गरेको अवस्थामा सबै सूचीकृत कम्पनीहरुले यस्तो अवस्थामा समानुपातिक रुपमा सबै लगानीकर्तालाई लाभांस बितरण गर्दै आएको उनले नोटबजारलाई बताए । यसै अभ्यासमा ग्लोबल आईएमई लघुवित्तले पनि बोर्डको व्यवस्था अनुसार बितरण गर्ने लाभांसको आधार गत आर्थिक वर्षको चुक्ता पूँजीलाई बनाइएको बताए । तर लाभांस सबै शेयरधनीलाई बितरण हुँदा अनुपात पनि समायोजन भएको उनले प्रष्ट पारे । लाभांस प्रस्ताव गर्दा २२ करोड ९ लाख रुपैंया चुक्ता पूँजीको ३५ प्रतिशत बोनस भनेर कतै व्याख्या नभएको उनले प्रष्ट पारे ।

प्रमुख कार्यकारी कुँवरका अनुसार गत अशोजमा बिक्री भएको शतप्रतिशत हकप्रदलाई समेत गरी लघुवित्तले १७।५ प्रतिशत बोनस शेयर बितरण गर्ने छ । बोनसलाई कर प्रयोजनका लागि २० लाख ३४ हजार ७४३ रुपैंया नगद लाभांस पनि बितरण गरिनेछ । नेपाल स्टक एक्सचेञ्जमा यसै आधारमा १७.५ प्रतिशत बोनस शेयरलाई शेयर मूल्यमा समायोजन गरिएको हो ।

आगामी साधारण सभाले लाभांस स्वीकृत गरे पछि सोही साधारण सभाले बोनस पछि कायम हुने पूँजीको शतप्रतिशत हकप्रद निष्काशनको प्रस्तावलाई अनुमोदन गर्नेछ ।

अहिले लघुवित्तको चुक्ता पूँजी २२ करोड ९ लाख १५ हजार रुपैंया छ । १७।५ प्रतिशत बोनस बितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड ९५ लाख ७५ हजार १२५ रुपैंइा पुग्नेछ । यो चुक्ता पूँजीको शतप्रतिशत हकप्रद बिक्री पश्चात लघुवित्तले चालु आर्थिक वर्ष भित्रमा नै चुक्ता पूँजी ५१ करोड ९१ लाख ५० हजार २५० रुपैंया पुर्याउने छ ।

यस अघि…

पूँजी बढाउने योजनामा ग्लोबल आईएमई लघुवित्त, बोनस पछि फेरी शतप्रतिशत हकप्रद