सिभिल बैंकले ५ प्रतिशत बोनस वितरण गर्ने


सिभिल बैंकले गत आर्थिक वर्षको आम्दानीबाट लगानीकर्तालाई वितरण गर्ने प्रतिफल प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।