गुराँस लघुवित्तको आईपिओ खुल्यो, हजार रुपैयाँको गरे पुग्छ आवेदन

0
Shares

गुराँस लघुवित्त वित्तीय संस्थाले बैशाख १६ गते सोमबारदेखि साधारण शेयर (आईपिओ) निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

कूल निष्काशित २ लाख ५० हजार कित्ता आईपिओमध्ये कर्मचारीहरुलाई ३ हजार ८७५ कित्ता र सामूहिक लगानी कोषहरुलाई १२ हजार ५०० कित्ता छुट्टाइएको छ । दुई लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।

लघुवित्तले निष्काशन गर्ने आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम ५०० कित्ताका लागि ५० हजार रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था छ ।

मेरो शेयर तथा सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था रहेको छ । आईपिओ निष्काशन बैशाख २० गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ १४ गतेसम्म खुला रहनेछ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गरिरहेको छ । 

गुराँसले जारी पूँजीको ३२.२६ प्रतिशत बराबरको साधारण शेयर जारी गरेको हो । लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।

संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६९ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १७ रुपैयाँ ५४ पैसा प्रतिशेयर आम्दानी कायम गरेको छ । चुक्ता पूँजी ५ करोड २५ लाख रहेको लघुवित्तको जगेडा कोषमा ५२ लाख ३२ हजार छ ।यस अवधिमा कम्पनीले ९ करोड ५ लाख निक्षेप संकलन र ५० करोड ८९ लाख सापटी लिएको छ ।

विभिन्न सूचकका आधारमा नोटबाजारले गरेको तुलनामा लघुवित्तको अवस्था कमजोर देखिएको थियो ।

१९ लघुवित्तलाई ८ सूचकका तथ्यांकको आधारमा गर्नुहोस् तुलनात्मक अध्ययन

धनकुटामा केन्द्रीय कार्यालय रहेको संस्थाको २२ वटा शाखा कार्यालय छन् । लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ।