१९ लघुवित्तलाई ८ सूचकका तथ्यांकको आधारमा गर्नुहोस् तुलनात्मक अध्ययन


पछिल्ला दिनहरुमा लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा खास उतारचढाव देखिएको छैन । कम्पनीहरुले धमाधम वित्तीय विबरण सार्वजनिक गर्दै गर्दा अरु समुहका कम्पनीको शेयर मूल्य आकासिँदै गई रहेको छ । यो क्रम चल्दै गर्दा १८ वटा सूचीकृत तथा आईपिओ निष्काशन गर्नै लागेको एउटा लघुवित्तको तुलनात्मक अध्ययनका लागि नोटबजारले तथ्यांकमा आधारित यो सामग्री तयार पारेको छ ।

तेस्रो त्रैमासको वित्तीय विबरण सार्वजनिक गर्ने क्रममा आइतबारसम्ममा १९ लघुवित्त कम्पनीले वित्तीय विबरण सार्वजनिक गरेका छन् । सोही विबरणका आधारमा यो तथ्यंक तयार पारिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्धन उत्थान लघुवित्त सबैभन्दा अब्बल देखिएको छ । लघुवित्त कम्पनीहरुको वित्तीय विबरणबाट विभिन्न ८ सूचकलाई केलाउँदा २ वटा सूचकमा निर्धन पहिलो बनेको छ । अरु सूचकहरुमा पनि निर्धन अधिकांस लघुवित्तभँदा अगाडी देखिएको छ ।

केही समय अघि सर्वसाधारणमा शेयर निष्काशन गरेको आशा लघुवित्त ८ मध्ये ४ वटा सूचकमा कमजोर देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा सुधारिएको वित्तीय विबरण निकाले पनि आशा लघुवित्त कम्पनीहरुमा कमजोर सावित भएको तथ्यांकले देखाउँछ ।

उता यहि बैशाख १६ गतेदेखि साधारण शेयर निष्काशन गर्न लागेको गुराँस लघुवित्त पनि अरु लघुवित्तको तुलनामा केही कमजोर देखिएको छ । साधारण शेयर निष्काशन पश्चात चुक्ता पूँजी बढे पनि अरु सूचकमा सुधार गर्न गुराँसले धेरै मेहनत गर्नु पर्ने तथ्यांकले देखाएको छ ।

चुक्ता पूँजीका आधार निर्धन उत्थान ठुलो हुँदा गुराँस सबैभन्दा सानो भएको छ । केही दिनमा नै साधारण शेयर निष्काशन गरे पछिको अवस्थामा भने पूँजीका आधारमा समता माइक्रोफाइनान्स सबैभन्दा सानो माइक्रोफाइनान्स हुनेछ ।

जगेडा कोषका आधारमा आरएमडिसी लघुवित्तको आकार सबैभन्दा ठुलो छ भने गुराँस लघुवित्तको सबैभन्दा सानो छ । गुराँस सूचीकृत भैनसकेको अवस्थामा सूचीकृत लघुवित्तको मात्र हेर्दा भने सबैभँदा सानो आकारको जगेडा भएको लघुवित्तमा स्पर्श लघुवित्त परेको छ ।

आर्थिक वर्ष २०७५/०७६ को तेस्रो त्रैमासमा १९ लघुवित्तको वित्तीय अवस्था

Microfinance Paid Up Reserve Net Profit EPS PE Ratio Networth Per Share NPL Cost Of Fund
Nirdhan Utthan 1,20,00,00,000 1,38,76,56,000 52,75,88,000 58.62 13.00 215.64 1.13 8.67
Mirmire Microfinance 13,11,99,470 7,08,88,850 3,59,58,220 37.23 24.34 154.03 0.57 11.50
Civil Laghubitta 11,41,14,000 1,65,04,000 1,16,35,000 13.59 41.78 114.46 1.29 10.93
Asha Laghubitta 20,74,00,000 1,43,26,000 1,45,55,940 9.36 50.33 106.90 2.67 11.06
Vijay Laghubitta 19,48,10,000 6,00,58,140 3,70,33,070 25.35 25.29 130.83 2.54 10.80
RMDC Laghubitta 79,93,98,600 1,52,87,04,360 24,44,48,050 40.47 13.42 291.23 0.00 8.75
Global IME Laghubitta 11,04,57,500 7,73,20,250 4,08,24,510 49.28 20.54 150.11 0.47 10.18
Mero Microfinance 32,89,00,000 18,85,95,460 11,18,25,920 45.33 12.33 157.34 2.04 9.62
Samata Microfinance 5,68,80,000 5,47,81,880 1,48,48,470 34.81 34.48 196.31 1.14 10.97
National Microfinance 15,08,83,000 20,22,28,000 9,27,24,000 81.94 20.30 234.03 1.57 8.19
Womi Microfinance 10,10,88,000 9,41,42,000 4,48,49,000 59.16 19.07 193.13 0.70 10.93
Kalika Laghubitta 10,80,00,000 6,70,07,000 2,00,49,000 24.75 47.17 162.04 1.28 8.90
Laxmi Laghubitta 24,20,00,000 21,37,05,000 7,91,58,000 43.61 17.66 188.31 1.37 9.24
First Microfinance 68,43,94,000 18,92,55,000 9,18,93,000 17.90 21.39 127.65 0.00 10.69
Sparsha Laghubitta 8,29,63,000 62,53,270 60,39,430 9.71 yet to listing 107.54 0.46 11.50
NMB Microfinance 16,20,06,000 11,99,74,000 3,32,81,000 27.39 36.55 174.06 2.45 9.81
Swadeshi Lagubitta 23,00,00,000 15,96,17,690 4,81,71,610 33.91 15.92 169.40 1.99 9.79
Chautari Laghubitta 18,60,00,000 3,35,65,010 1,85,88,410 13.33 45.76 118.04 0.72 8.11
Guras Laghubitta 5,25,00,000 52,32,840 69,07,320 13.15 IPO is issuing from Baisakh 16, 2076

– स्रोत लघुवित्त कम्पनीहरुले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विबरण

निर्धन उत्थानले सबैभन्दा धेरै खुद नाफा कमाउँदा थोरै कमाउनेमा स्पर्श लघुवित्त नै परेको छ ।

प्रति शेयर आम्दानीका आधारमा नेशनल माइक्रोफाइनान्सले अग्रता लिएको तथ्यांकमा आशा लघुवित्त सबैभन्दा पछि परेको छ ।

मूल्य आम्दानी अनुपातका आधारमा मेरो माइक्रोफाइनान्स उत्कृट दर्ज हुँदा आशा लघुवित्त नै सबैभन्दा कमजोर देखिन पुगेको छ ।

प्रतिशेयर नेटवर्थका आधारमा आरएमडिसी लघुवित्त पहिलो बनेको छ भने आशा लघुवित्त नै अन्तिममा परेको छ ।
उता निष्कृय कर्जा अनुपातका आधारमा स्पर्श लघुवित्त सबैभन्दा अब्बल देखिएकोमा आशा लघुवित्तको सबैभन्दा धेरै खराब कर्जा देखिएको छ । थोक लघुवित्त सेवा प्रदायकहरुको निष्कृय कर्जा अनुपात शुन्य देखाइएकोले सूचीमा समावेश गरिएको छैन ।

कोषको लागतका आधारमा चौतारी लघुवित्तको लागत सबैभन्दा कम देखिँदा स्पर्श लघुवित्त र मिर्मिरे माइक्रोफाइनान्स सबैभन्दा बढी लागतमा काम गरिरहेको तथ्यांकले देखाउँछ ।