इन्द्रराज शेरचनले आइएमई डबल अफरको सातौं विजेता हुँदै जिते दोब्बर रकम


सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन्न् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र«’ मार्फत विजेता घोषित भएका हुन् ।

शेरचनले युकेबाट अफर अवधिमा आइएमईमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । उनले युकेस्थित रिया मनि ट्रान्सफर मार्फत ५० हजार १ सय ३७ रुपैयाँ नेपालमा पठाएका थिए । उनले पठाएको रकमको दोब्बर १ लाख २ सय ७४ रुपैयाँ जिते। पुरस्कार राशी शेरचनका आफन्त चेलीमाया गौचनले ग्रहण गरेको विज्ञप्तिमा उल्लेख छ ।

आइएमईले पर्व लक्षित दसैँमा डबलको डबल अफर सार्वजनिक गरेको छ । उक्त अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्त (तद्नुसार सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९) सम्म सञ्चालन हुनेछ ।

अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना सेवाग्राहीहरुलाई पठाएको रकमको दुई गुणा, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने आइएमईले जनाएको छ ।