बैदेशिक रोजगारीमा गएकाहरुलाई निष्काशन भएको माया खोला हाईड्रोपावरको सेयर बाँडफाँड, कसले कति पाए ?


मायाखोला हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएकाहरुलाई निष्काशन गरेको साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार उक्त कम्पनीको सेयर बाँडफाँड गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यको दरमा निष्काशन गरेको २ लाख ४० हजार कित्ता सेयरमा ८ हजार ८०७ जनाले आवेदन गरेका थिए । उल्लेखित आवेदकहरुबाट ७ लाख ७४ हजार २३० कित्ता सेयर माग भएकोमा सिआस्वामा ५४८ र १ जनाको दोहोरो आवेदन रद्ध गरी ८ हजार २५९ जनालाई सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएको थियो ।

सेयर बाँडफाँड प्रकृयामा सहभागि गराइएका मध्ये १० देखि ३० कित्ता सेयर माग्ने सबैलाई मागेजति र ४० कित्ता वा सोभन्दा बढी माग गर्नेलाई पनि ३० कित्ताका दरले गरी कुल २ लाख १५ हजार ६७० कित्ता सेयर वितरण गरिएको छ ।

बाँकी रहेको २४ हजार ३३० कित्ता सेयर ३० कित्ताभन्दा बढी सेयर माग गर्ने आवेदकहरुलाई १० कित्ताको दरले २ हजार ४३३ जनालाई विबरण गरिएको छ । यस आधारमा कम्पनीको ४० कित्ता सेयर पाउने आवेदकको संख्या ३ हजार ४३३ भएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि छुटयाईएको उक्त सेयर गत मंसिर २३ गतेदेखि पुस ८ गतेसम्म निष्काशन भएको थियो ।

सेयर बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np तथा मेरो सेयरको आस्वामा गइ आवेदन गरिएको कम्पनीको रिपोर्टमा गई हेर्न सकिन्छ ।