आईपीओ बेचेको हिमालय उर्जा नोक्सानबाट नाफाको बाटोमा


हिमालय उर्जा विकास कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० लाख ६० हजार रुपैंया खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा कम्पनी २ लाख ३५ हजार रुपैयाँ नोक्सानको अवस्थामा थियो ।

विद्युत उत्पादन सुरु भैनसकेको कम्पनीले अरु श्रोतबाट १८ लाख ५९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पुँजी ९९ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने १ करोड १६ लाख रुपैयाँले ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ पैसा छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ८३ पैसा छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७६, बिहिबार  १६ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।