नेशनल लाइफको २ लाख कित्ता सेयर लिलामीमा

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख १ हजार ८२० कित्ता संस्थापक सेयर लिलामी खुला गरिएको छ ।

कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको उक्त सेयर माघ ६ गतेदेखि १३ गतेसम्मका लागि लिलामी खुला गरेको हो ।

सो सेयर खरीदका लागि विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा संस्थाहरूले समेत आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी उक्त सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रूपैयाँ तोकिएको छ । न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर लिलामी भर्न सकिनेछ । इच्छुक खरीदकर्ताहरूले न्यूनतम ५ हजारदेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।