निर्धन उत्थान लघुवित्तको नाफा किन घट्यो ?

0
Shares

लघुवित्त कम्पनीहरुमध्ये अब्बल रहँदै आएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६५.८८ प्रतिशतले घटेको छ ।

गत आवको सोही अवधिमा ४९ करोड ३९ लाख ९५ हजार रुपैयाँ नाफा कमाएकोमा घटेर १६ करोड ८५ लाख ३४ हजार रुपैयाँमा झरेको हो । कम्पनीको वितरणयोग्य नाफा १३ करोड १४ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा अनुपात ६.२८ बाट बढेर ८.४२ प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै सम्भावित कर्जा नोक्सानी वापत कम्पनीले ४१ करोड १२ लाख रुपैयाँ छुट्टाएपछि कम्पनीको मुनाफामा उच्च गिरावट देखिएको हो ।

चालू आवको ६ महिना अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९ प्रतिशत घटेर ९६ करोड ६८ लाख ३१ हजार रुपैयाँमा झर्दा सञ्चालन नाफा पनि ६५ प्रतिशत घटेर २३ करोड ९३ लाख ४० हजार रुपैयाँमा संकुचित बनेको छ ।

विवरण अनुसार कम्पनीको पुससम्म १८ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब ६९ करोड ६७ लाख सापटी गरेर २६ अर्ब ६ करोड २१ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

चुक्ता पुँजी अर्ब १९ करोड रहेको कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ३६ पैसामा झरेको छ । गत आवको सोही अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ४५ रुपैयाँ १ पैसा थियो । कम्पनीले जगेडा कोषमा १ अर्ब ९८ करोड, रिटेन्ड अर्निङमा ६१ करोड ८७ लाख र सेयर प्रिमियममा ५ लाख १० हजार रुपैयाँ सञ्चित छ ।

दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर नेटवर्थ २१८ रुपैयाँ ८३ पैसा, कष्ट अफ फन्ड ८.४२ प्रतिशत, आधारदर १३.०८ प्रतिशत र मूल्य आम्दानी अनुपात ६६ दशमलव २८ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।