नेको इन्स्योरेन्सको बीमाशुल्क घटेपनि खुद नाफा बढ्यो, साढे १७ करोड कमायो

0
Shares

नेको इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमास अर्थात २०७९ पुससम्मममा खुद बीमशुल्क ११.४६ प्रतिशतले घटेपनि खुद नाफा १७.२० प्रतिशतले वृद्धि गरेको छ ।  शनिबार प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १५ करोड २ लाख २५ हजार रुपैयाँबाट बढेर १७ करोड ६० लाख ६५ हजाररुपैयाँ आर्जन गरेको हो । नाफामा सुधार गरेको कम्पनीको निर्जीवन बीमा व्यवसाय भने संकुचित बनेको छ ।

पुस मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ११.४६ प्रतिशत र कुल बीमा शुल्क आर्जन भने १.८९ प्रतिशतले घटेको तथ्याङ्क छ । कम्पनीले पुससम्म ८७ करोड २५ लाख ८० हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा खुद बीमाशुल्क ९८ करोड ५४ लाख ९४ हजार रुपैयाँ रहेको थियो । यस्तै कम्पनीको कुल बीमाशुल्क संकलन १ अर्ब ५५ करोड ५८ लाखमा संकुचित बनेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल बीमाशुक संकलन १ अर्ब ५८ करोड ५७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापत १६ करोड २ लाख ३० हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा १६ करोड ६१ लाख ३४ हजार रुपैयाँ रहेकोमा ५९ करोडले घटेको हो ।

चुक्ता पूँजी २ अर्ब १ करोड २३ लाख ६१ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५० पैसा कायम भएको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १९२ रुपैयाँ ५ पैसा र मूल्य आम्दानी अनुपात ५१.१६ गुणा छ ।

कम्पनीको जगेडा कोषको आकार ५३ करोड ५६ लाख ६४ हजारबाट घटेर ३२ करोड १६ लाख ५४ हजार रुपैयाँ झरेको छ । त्यस्तै, इन्स्योरेन्सको बीमा कोष १ अर्ब १७ करोड ४५ लाखबाट बढेर १ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ र महाविपत्ती कोष ७ करोड ६२ लाख ५० हजारबाट बढेर ८ करोड ३२ लाख ७९ हजार रुपैयाँ सञ्चित भएको छ ।

यस अवधिमा कम्पनीले ५३ करोड ४१ लख रुपैयाँ दीर्घकालीन कर्जा, ४ अर्ब १० करोड १७ लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट १३ करोड ९९ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले १ लाख ५४ हजार ६२० वटा बीमालेख जारी गरेकोमा ४३ हजार ७६४ वटा नवीकरण भएका छन् । पुससम्म कम्पनीले ५ हजार १८३ वटा दाबीमा ६८ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १० हजार १३१ वटा दाबीको १ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको छ ।
गत आवको पुसमा कम्पनीले १ लाख ६५ हजार २५६ वटा बीमालेख जारी गरेकोमा ३७ हजार ५०२ वटा नवीकरण भएका थिए । कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब ५८ करोड ५७ लाख थियो । गत पुससम्म कम्पनीले ४ हजार १९९ वटा दाबीमा ५९ करोड ६ लाख रुपैयाँ भुक्तानी गरेको थियो भने ९ हजार ६५ वटा दाबीको २ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।