बैंकहरुको तीन महिनाको वितरण योग्य नाफा सवा ८ अर्ब, कुन बैंकको कति ?


चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात तीन महिनाको अवधिमा वाणिज्य बैंकहरुले ८ अर्ब २६ करोड ६५ लाख २० हजार रुपैयाँ वितरण योग्य नाफा कमाएका छन् । जनतालाई शेयर नबाँडेको राष्ट्रिय वाणिज्य बैंक सहित २८ बैंकले सो नाफा कमाएका हुन ।

पहिलो तीन महिनामा बैंकहरुको कुल १६ अर्ब १७ करोड ६४ लाख खुद नाफा कमाएका छन् । बैंकहरुले गत आर्थिक बर्षको यसै अवधिमा १५ अर्ब ४१ करोड ८ लाख कमाएका थिए ।
सबैभन्दा धेरै वितरण योग्य नाफा राष्ट्रिय वाणिज्य बैंकको छ । जसले तीन महिनमा एक अर्ब ३० करोड कमाएको छ । यो बैंक गत असारमा पनि पहिलो नंम्बरमा रहेको थियो ।

असोज मसान्तसम्मा धेरै वितरण योग्य नाफा कमाउनेमा नबिल बैंक दोस्रो स्थानमा उक्लिएको छ । जसले असोज मसान्तसम्म ७४ करोड २२ लाख वितरण योग्य नाफा कमाएको छ । नबिल बैंक वितरण योग्य नाफाका आधारमा गत असारमा चौथो स्थानमा रहेको थियो ।

एनएमबि बैंक १९ औं स्थानबाट तेस्रो स्थानमा उक्लिएको छ । जसले ५३ करोड ६१ लाख कमाएको छ । स्ट्याण्डर्ड चाटर्ड चौथो, एनआईसि एशिया पाँचौ, इन्भेष्टमेन्ट छठौं, मेगा बैंक सातौं, एसबिआई आठौं, एभरेष्ट नर्वौ र ग्लोबल आइएमई दशौं नम्बरमा देखिएका छन् ।

तीन महिनाको अवधिको सबैभन्दा कम वितरण योग्य नाफा सिभिल बैंकको छ । सिभिलले २ करोड ९८ लाख वितरण योग्य नाफा कमाएको छ । गत असारमा २७ स्थानमा रहेको यो बैंक २८ औं स्थानमा झरको छ । दोस्रो कम वितरण योग्य नाफा कमाउनेमा प्रभु बैंक रहेको छ । प्रभुको वितरण योग्य नाफा ५ करोड ५७ लाख छ ।

प्रतिकित्ता एक सय रुपैंया अंकित मूल्यमा बैंकहरुले असोज मसान्तसम्मको आम्दानीमा दिन सक्ने प्रतिफल (रुपैंयाका आधारमा) यस्तो छ ।