सिद्धार्थ बैंकले ल्यायो चेक डिपोजिट गर्ने मेसिन


सिद्धार्थ बैंकले चेक डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । हाल यो सेवा बैंकको हात्तीसार शाखाबाट सुरू गरिएको बैंकले जनाएको छ ।

आगामी दिनमा अन्य शाखाहरुमा पनि मेसिन जडान गर्दै जाने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

चेक डिपोजिट मेसिन सञ्चालनमा आएपश्चात सेवाग्राहीहरूले छिटो र छरितो रुपमा आफ्नो चेक जम्मा गर्न सक्ने बैंकले विश्वास लिएको छ ।

आउँदा दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसात् गर्दै ग्राहकहरुलाई चुस्त र दुरुस्त रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले विभिन्न आधुनिक बैंकिङ्ग सेवाहरु थप्दै जाने बैंकले जनाएको छ ।