आईएमई लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न


आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न साधारण सभाले नियमित प्रस्तावहरु पारित गरेको छ ।

कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र ततसम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागू गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

सर्वसाधारणलाई छुट्टाईएको सेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति सम्बन्धी प्रस्तावहरु उपर छलफल गरी सो प्रस्तावहरु साधारण सभाले सर्वसम्मतीमा पारित भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।