सवारी बुकिङका लागि ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी


ट्याक्सीमाण्डूले बुकिङ राइडहरू सजिलो बनाउने लक्ष्यसहित राकुटेन भाइबरसँग सम्झौता गरेको छ । यो सम्झौतासँगै भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले सिधै ट्याक्सी बुक गर्न सक्नेछन् ।

ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले भने, “हामी यो नयाँ च्याटबट सुरु गर्ने सिलसिलामा रकुटेन भाइबरसँग जोडिन पाउँदा उत्साहित छौं । यसले हाम्रा प्रयोगकर्ताहरूका लागि ट्याक्सी बुकिङ अझ सहज बनाउनेछ। नेपाली नयाँ वर्षसँगै सुरक्षित र भरपर्दो ट्याक्सी सेवाहरूमा सबैलाई सजिलो पहुँचको हामी सुनिश्चित गर्न चाहन्छौं।”

ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी बट मार्फत प्रयोगकर्ताहरूले अब एक एपबाट अर्को एपमा स्विच नगरिकन धेरै सुविधाहरू लिन सक्नेछन् । छोटो र लामो रुटहरूको लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूको लागि अग्रिम सवारीको समयतालिका पनि प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

साथै अप्रिलदेखि सेप्टेम्बर २०२३ सम्म ट्याक्सीमाण्डू अनलाईन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताहरूका लागि ६० प्रतिशतसम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुनेछन् । प्रयोगकर्ताहरूले आफ्ना सम्पर्कका साथीलाई च्याटबटमा पठाउँदा २० प्रतिशत छुट समेत पाउनेछन् ।

ट्याक्सीमाण्डूका चालकहरूले बटमार्फत गरिएका सवारी अनुरोधहरूका लागि कमिसन बाँड्नु पर्ने छैन, जबकि लामो रुटहरूमा निस्शुल्क सवारीको विशेष प्रस्तावहरूले ग्राहकहरूलाई पनि यस नयाँ सुविधा प्रयोग गरिरहन प्रोत्साहित गर्नेछ ।

“हामीले यो साझेदारी बुकिङ राइडहरूको क्षेत्रमा गेम चेन्जर हुने र यसले यात्रु र चालकहरूको जीवनलाई सजिलो बनाउने ठानेका र्छौं। हाम्रा अघिल्ला परियोजनाहरूले उत्कृष्ट नतिजाहरू दिएका थिए, त्यसैले हामी हाम्रा प्रयोगकर्ताहरूका लागि यो नयाँ बट ल्याउन ट्याक्सीमाण्डूसँग काम गर्न पाउँदा हर्षित छौं,” राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भने ।

गत २०२२ मा राकुटेन भाइबर र ट्याक्सीमाण्डू आफ्ना प्रयोगकर्ताहरूलाई सवारी सेवाहरूमा थप संलग्न गराउन सकियोस् भन्ने उद्देश्यले ट्याक्सीमाण्डू च्यानल र ट्याक्सीमाण्डू लेन्सहरूको सुरुवात गर्न एकसाथ आएका थिए।

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्ध सूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रिया जस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन् ।

भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई(कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।