गुराँस लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण

0
Shares

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

नेपाल बीमा प्राधिकरणको २०७९ चैत ८ गते कम्पनीको आर्थिक लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन स्वीकृत भएसँगै बीमितहरूका लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले न्यूनतम प्रतिहजार २० रुपैयाँदेखि ७६ रुपैयाँसम्मको बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले बिक्री गर्दै आइरहेको विभिन्न ७ वटा बीमालेख अन्तर्गत विभिन्न अवधिहरूको लागि न्यूनतम २० रुपैयाँदेखि ७६ रुपैयाँसम्म ब्याजदर निर्धारण गरेको हो ।

कुन योजनामा कति ?

सार्वजनिक बोनसदर अनुसार कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । कम्पनीको सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ४१ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । यस्तै १५ देखि १९ वर्ष अवधिको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४९ रुपैयाँ, बोनसदर कायम भएको छ । यसै पोलिसीको २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७६ रुपैयाँ कायम भएको छ ।

यसैगरी गुराँस बाल सुरक्षा र गुराँस नौलो बालसुरक्षा सावाधिक जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा ९ वर्ष अवधिको लागि प्रतिहजार ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिसम्मको लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ४९ रुपैयाँ र २५ वर्षभन्दा माथि अवधिका लागि प्रतिहजार ७६ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै सावधिक तथा आजीवन बीमालेखअन्तर्गत कम्पनीले प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखको हकमा न्यूनतम ३६ रुपैयाँदेखि ४८ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमा कम्पनीले कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार ३६ रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ४२ रुपैयाँ र २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ४८ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीले २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि बोनसदर कायम गरेको छैन ।

साथै वार्षिक नगद फिर्ता योजनामा कम्पनीले १४ वर्ष अवधिको लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

त्यस्तै, गुराँस सुरक्षित भविष्य जीवन बीमा अन्तर्गत कम्पनीले न्यूनतमा २० रुपैयाँदेखि अधिकतम ३७ रुपैयाँसम्म बोनसदर कायम गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि प्रतिहजार २० रुपैयाँ बोनसदर कायम गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार २५ रुपैयाँ, २० वर्षदेखि २४ वर्ष अवधिको लागि प्रतिहजार ३१ रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिको लागि प्रतिहजार ३७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

साथै ३० वर्षे गुराँस जीवन रक्षक (सीमित भुक्तानी) गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजनाअन्तर्गत कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसअन्तर्गत कम्पनीले १४ वर्ष अवधिको लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ४५ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिको लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।