गरिमा विकास बैंकले मनायो १३ औं वार्षिकोत्सव


गरिमा विकास बैंकले १२ वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । विभिन्न कार्यक्रमहरु आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा बैंकले देशका ११ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

ती स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट ५०० युनिटभन्दा बढी रगत संकलन भएको बैंकले जनाएको छ । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको बैंकको हाल काठमाण्डौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटीएम संचालनमा छन । २०७६ मंसीर ६ गतेसम्म बैंकले करिब ३६ अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।